Below Menu
Below Menu

 सानिमा क्यापिटलले १२ प्रतिशत लाभांश दिने 

 सानिमा क्यापिटलले १२ प्रतिशत लाभांश दिने 

काठमाडौं : सानिमा क्यापिटलले १२ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई करसहित १२ प्रतिशतका दरले हुन आउने तीन करोड रुपैयाँ बराबरको नगद लाभांश दिने घोषणा गरेको हो  । 

उक्त प्रस्तावित लाभांश पारित गर्न कम्पनीले कात्तिक २६ गते सोमबार साधारणसभा बोलाएको छ । उक्त सभा सो दिन दिउँसो ४ बजे कम्पनीको रजिष्टर्ड कार्यालय नक्साल काठमाडौंमा हुनेछ । 

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनमाथि छलफल गर्ने, चालु आवका लागि लेखापरीक्षक नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने र लाभांश प्रस्ताव पारित गर्नेछ । 
 

Advertisment

थप समाचार