काठमाडौं : जीवन विकास लघुवित्त वित्तीय संस्थाले संस्थापकहरुको नाममा कायम रहेको तिन लाख ३४ हजार पाँच सय कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।
संस्थाले विद्यमान संस्थापक शेयरधनी लगायत इच्छुक अन्य व्यक्ति तथा संगठित संस्थाले समेत खरिद गर्न पाउने गरी शेयर बिक्रीमा ल्याएको हो ।
बैंकको शेयरको बिक्री मूल्य ६०० रुपैयाँ तोकिएको छ । शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुले कात्तिक १४ गते दिउँसो ३ बजेभित्र कम्पनीकाे केन्द्रीय कार्यालय, कटहरी–२, मोरङ वा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड, बालुवाटार, काठमाडौंमा आवेदन पेश गर्न सक्नेछन् ।
Advertisment