Below Menu
Below Menu

अरुण भ्याली हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन 

अरुण भ्याली हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन 

काठमाडौं : अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको लाभांश सुरक्षित गर्ने आज (कात्तिक ४ गते) अन्तिम दिन रहेको छ। कम्पनीले लाभांश वितरण तथा साधारणसभा प्रयोजनका लागि भोलि बुक क्लोज गर्दैछ। जस अनुसार आजसम्म कायम शेयरधनी कम्पनीको लाभांश र साधारण सभामा भाग लिन पाउनेछन् । 

कम्पनीले लाभांश पारित गर्न कात्तिक १४ गते २७ औँ वार्षिक साधारणसभा बोलाएको छ । उक्त सभा सो दिन काठमाडौंको गौशालास्थित होटल क्रिस्टल पशुपतिमा बिहान ११ बजेबाट सुरु हुनेछ। सभाले हाल कायम चुक्ता पुँजीको ३ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.१५७ प्रतिशत नगद लाभांश अनुमोदन गर्नेछ।

यसका साथै सभाले भाले लिखु खोला जलविद्युत आयोजनाको निर्माणका लागि बैंक तथा वित्तीय संस्थाहरुसँग गरिएको ऋण सम्झौतामा कर्पोरेट ग्यारेन्टी दिने, नियमावली तथा प्रबन्धपत्र संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्नेलगायतका प्रस्ताव पनि पारित गर्नेछ।

Advertisment

थप समाचार