काठमाडौं : साताको दोस्रो कारोबार दिन सोमबार (आज) शेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ५७.९९ अंकले घटेर २६३९.९२ बिन्दुमा पुगेको हो । आइतबार नेप्से ४७.४४ अंकले घटेर २६९७.९१ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका २३ कम्पनीको शेयरमूल्य बढेको छ । भने २२१ कम्पनीको शेयरमूल्य घटेको छ ।
शेयर बजार घटेसँगै कारोबार रकममा पनि गिरावट देखिएको छ । आज बजारमा पाँच अर्ब ९० करोड सात लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार नेप्सेमा आठ अर्ब १८ करोड दुई लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज हिमालयन रि इन्स्योरेन्स कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज २२ करोड तीन लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा वीन नेपाल लघुवित्त व्त्तिीय संस्था रहेको छ । आज यस कम्पनीको शेयरमूल्य सर्किट लेभलमा पुगेको हो । आज ङादी ग्रुप पावर कम्पनीको शेयरमूल्य ९ प्रतिशतले घटेको छ ।
Advertisment