Below Menu
Below Menu

थ्रिस्टार हाइड्रोपावरले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने 

थ्रिस्टार हाइड्रोपावरले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने 

काठमाडौं : थ्रिस्टार हाइड्रोपावर लिमिटेडले हाल कायम चुक्ता पूँजीको शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ। सोमबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजी ४९ करोड २५ लाख रुपैयाँको १ः१ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्न विदुत नियमन आयोगमा निवेदन दिने निर्णय गरेको हो । 

हकप्रद शेयर निष्काशनबाट प्राप्त रकममध्ये ३४ करोड २५ लाख रुपैयाँ आयोजना निर्माणको लागि लिएको बैंकको ऋण तथा अन्य दायित्व भुक्तानी गर्ने कम्पनीले जनाएको छ । 

यसका साथै बाँकी रहेको १५ करोड रुपैयाँ भने निको इनर्जी लिमिटेडद्वारा निर्माणाधिन माथिल्लो भुरुण्डी ए जलविद्युत आयोजना (९ मेगावाट) का लागि आवश्यक स्वपूँजीमा लगानी गर्ने निर्णय गरेको छ । 

विद्युत नियमन आयोगबाट पूर्व स्वीकृति प्राप्त भएपश्चात कम्पनीको आगामी वार्षिक साधारणमा अनुमोदनका लागि पेश परिने कम्पनीले जनाएको छ द। 

Advertisment

थप समाचार