काठमाडौं : साताको तेस्रो कारोबार दिन मंगलबार (आज) शेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक २५.८८ अंकले बढेर २६६५.८१ बिन्दुमा पुगेको हो । सोमबार नेप्से ५७.९९ अंकले घटेर २६३९.९२ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका १९९ कम्पनीको शेयरमूल्य बढेको छ । भने ४० कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज पाँच कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार बढेपनि कारोबार रकममा भने गिरावट देखिएको छ । आज बजारमा चार अर्ब १७ करोड १६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार नेप्सेमा पाँच अर्ब ९० करोड सात लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज गुडविल फाइनान्स कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज १७ करोड ३२ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा रावा इनर्जी डेभलपमेन्ट कम्पनी रहेको छ । आज यस कम्पनीको शेयरमूल्य ८ प्रतितशले बढेको छ । आज वीन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ४ प्रतिशतले घटेको छ ।
Advertisment