काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज नेप्सेले हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको शेयरमूल्य समायोजन गरेको छ । कम्पनीले लाभांश वितरण प्रयोजनका लागि आज बुक क्लोज गरेसँगै न्तिम कारोबारको आधारमा मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण् गरेको हो ।
नेप्सेका अनुसार कम्पनीको १० प्रतिशत बोनसपछिको शेयरमूल्य एक हजार ३०९ रुपैयाँमा भएको छ । कम्पनीको अन्तिम कारोबार एक हजार ४३९ दशमलव ९० रुपैयाँमा भएको थियो । समायोजित मूल्यका आधारमा दोस्रो बजारमा कारोबार खुल्नेछ ।
Advertisment