Below Menu

लक्ष्मी सनराइजको नाफा ५३ करोड,  खराब कर्जा ५.४४ प्रतिशत

लक्ष्मी सनराइजको नाफा ५३ करोड,  खराब कर्जा ५.४४ प्रतिशत

काठमाडौं : लक्ष्मी सनराइज बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ५३ करोड ६३ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

Sponsored Advertisement

बैंकले प्रकाशित गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार यो नाफा यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४२०.५३ प्रतिशत बढी हो । बैंकले गत आर्थिक वर्षमा १० करोड ३० लाख रुपियाँ खुद नाफा कमाएको थियो ।

इम्पेरमेन्ट चार्ज बट्दा बैंकको खुद नाफा बढेको हो । यद्यपी खुद ब्याज आम्दानी भने घटेको छ । बैंकको खुद ब्याज आम्दानी ६.७५ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी २४.५८ प्रतिशत बढेको छ । 

त्यस्तै कुल सञ्चालन आम्दानी २.५८ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा ४२५.२३ प्रतिशत बढेको छ । समीक्षा अवधिमा बैंकको इम्पेरमेन्ट चार्ज एक अर्ब १४ करोडबाट घटेर एक अर्ब १६ करोडमा झरेको छ । 

विवरणअनुसार बैंकको प्रतिशेयर आम्दानी ७ रुपियाँ ३५ पैसा बढेर ९ रुपियाँ २५ पैसा पुगेको छ। त्यस्तै प्रतिशेयर नेटवर्थ १८० रुपियाँ ९५ पैसा छ भने मूल्य आम्दानी अनुपात २८.९२ गुणा छ ।

त्यस्तै खराब कर्जा अनुपात ४ दशमलब ६९ बाट बढेर ५ दशमलब ४४ प्रतिशत पुगेको छ। 

थप समाचार