Below Menu
Below Menu

सेयर बजारमा दाेहोरो अंकको गिरावट, ६ अर्ब बढीको कारोबार

सेयर बजारमा दाेहोरो अंकको गिरावट, ६ अर्ब बढीको कारोबार

काठमाडौं :  साताको चौथो कारोबार दिन बुधबार (आज) शेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक २०.४१ अंकले घटेर २६४५.३९ बिन्दुमा पुगेको हो । मंगलबार नेप्से २५.८८अंकले बढेर २६६५.८१ बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका ७६ कम्पनीको शेयरमूल्य बढेको छ । भने १५५ कम्पनीको शेयरमूल्य घटेको  छ । त्यस्तै आज १३ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

शेयर बजार घटेपनि काराेबार रकम भने बढेकाे छ । आज बजारमा ६ अर्ब २७ करोड ८९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार नेप्सेमा ४ अर्ब १७ करोड १६ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज आइसीएफसी फाइनान्स लिमिटेड कम्पनीकाे सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज  ४३ करोड ४४ लाख रुपैयाँ बराबरको कारोबार भएको  हाे । 

सर्वाधिक मूल्य बढ्नेमा आईसीएफसी फाइनान्स कम्पनी रहेको छ । यस कम्पनीको शेयरमूल्यमा सर्किट लागेको हो । आज माहुली लघुवित्तको सेयर मूल्य ४.२८ प्रतिशतले घटेको छ ।

Advertisment

थप समाचार