Below Menu
Below Menu

राष्ट्रिय सहकारी बैंकद्वारा २६ अर्ब ३९ करोड ऋण लगानी, कति छ जगेडा कोष ? 

राष्ट्रिय सहकारी बैंकद्वारा २६ अर्ब ३९ करोड ऋण लगानी, कति छ जगेडा कोष ? 

काठमाडौं : राष्ट्रिय सहकारी बैंकले चालु आर्थिक वर्षको असोज मसान्तको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार बैंकमा ५२.९९ प्रतिशत अर्थात २९ अर्ब ५४ करोड ५९ लाख रुपैयाँ तरलता रकम रहेको छ । 

यस अवधिमा २ अर्ब ७८ करोड ९९ लाख रुपैयाँ शेयर पुँजी रहेको बैंकको जगेडा कोषमा एक अर्ब ४७ करोड ३१ लाख रुपैयाँ रहेको छ । त्यस्तै, यस अवधिमा कुल बचत ५५ अर्ब ७५ करोड ७० लाख रुपैयाँ रहेको छ । 

बैंकले यस अवधिमा २६ अर्ब ३९ करोड ५१ लाख रुपैयाँ ऋण लगानी गरेको छ भने कुल ऋणी सहकारी सदस्य संख्या एक हजार ४५४ रहेको छ । बैंकको कुल शेयर सदस्य संख्या १६ हजार ३४१ रहेका छन् । 

यस अवधिमा बैंकको कुल संस्थागत शेयर पुँजी एक अर्ब ४७ करोड ३१ लाख रुपैयाँ छ भने विभिन्न कोषमा जम्मा रकम १३ करोड १० लाख रुपैयाँ रहेको छ । त्यस्तै बैंकको कुल सम्पत्ति ६४ अर्ब ३५ करोड ५० लाख रुपैयाँ रहेको छ ।

Advertisment

थप समाचार