पोखरा : रोयल फाउन्डेशनको अध्यक्षमा केशव प्रसाद ढकाल निर्वाचित भएका छन् । शनिबार सम्पन्न फाउन्डेशनको पाँचौं वार्षिक साधारण सभाले आगामी २ वर्षको लागि ११ सदस्यीय कार्य समिति निर्विरोध निर्वाचित गरेको हो ।
संस्थाको उपाध्यक्षमा हर्क बहादुर गुरुङ्ग, सचिवमा केदारनाथ पोखरेल, कोषाध्यक्षमा भीम बहादुर गुरुङ्ग, सहसचिवमा सूर्य मोहन ढकाल निर्वाचित भएका छन् । त्यस्तै सदस्यहरुमा उमा परियार, खिम कुमारी गुरुङ, सरिता अधिकारी (लामिछाने), दुर्लब थापा, मोहन राज वि.क. र उमनाथ आचार्य निर्वाचित भएका हुन् ।
रोयल फाउन्डेशन पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाका सदस्यहरु सम्मिलित गैरनाफामूलक संस्था हो । फाउन्डेशनले सहकारीसँग समन्वय गर्दै सुत्केरी स्याहार खर्च, दैवी प्रकोप राहत, स्वास्थ्य उपचार खर्च, पेन्सन सुविधा र सदस्यहरुको मृत्यु भएका अवस्थामा निजका परिवारलाई मृत्यु राहत समेत प्रदान गर्दै आईरहेको छ ।
संस्थाले विगत ७ वर्षदेखि नियमित रुपमा राहत तथा सहयोगको कार्यक्रम सञ्चालन गर्दै आएको पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाका सूचना अधिकारी मीलन ढकालले जानकारी दिए ।
पोखरा रोयल साकोसले संस्थागत सामाजिक उत्तरदायित्व वहन गर्ने कार्यक्रम अन्र्तगत संस्थाका ४२ जना ज्येष्ठ सदस्यहरुलाई जनही ५ हजारका दरले पेन्सन वितरण गरेको छ । वार्षिक रुपमा वितरण हुने यो राहत रोयल फाउण्डेसनको सहकार्यमा वितरण गरिएको सूचना अधिकारी ढकालले बताए ।
संस्थामा आवद्ध ७५ वर्षदेखि १०० वर्ष सम्मका सदस्यहरुलाई एक कार्यक्रमका बीच अध्यक्ष रुद्रकुमारी गुरुङ्गले नगद रकम हस्तान्तरण गरेकी हुन् ।
Advertisment