Below Menu
Below Menu

राष्ट्रिय सद्भाव कायम गर्न एमालेको जागरणसभा आज

राष्ट्रिय सद्भाव कायम गर्न एमालेको जागरणसभा आज

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले राष्ट्रिय सद्भाव कायम गर्न आज दरबारमार्गमा जागरणसभा आयोजना गर्दैैछ ।

सभालाई पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीलगायत अन्य वरिष्ठ नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ । आज बिहान ११ बजे भद्रकालीबाट सुरु हुने र्याली दरबारमार्ग पुगेर सभामा परिणत हुनेछ ।

सभामा एक लाख मानिस सहभागी गराउने लक्ष्य रहेको सो दलका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए।

पार्टीका जनवर्गीय सङ्गठनहरू युवा सङ्घ नेपाल, जिफन्ट, अनेरास्ववियु, सम्पर्क मञ्चलगाय सबै जनसङ्गठनका सदस्य सभामा सहभागी हुने जनाइएको छ ।

Advertisment