Below Menu
Below Menu

वीरगञ्ज भन्सारबाट निर्यात बढ्यो

वीरगञ्ज भन्सारबाट निर्यात बढ्यो

वीरगञ्ज (पर्सा) : मुलुकका अन्य भन्सारका तुलनामा वीरगञ्ज भन्सार कार्यालयबाट निर्यात बढेको छ ।

एकीकृत जाँचचौकी र सुक्खा बन्दरगाह भएका कारण अन्य २६ स्थानका भन्सार कार्यालयले भन्दा बढी वस्तु निर्यात भएको हो । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको चार महिनामा ५२ अर्ब ६७ करोड सात लाख १० हजारका सामान निर्यात भएका छन् ।

वीरगञ्ज भन्सारले मात्र १२ अर्ब १२ करोड २१ लाख ३१ हजार बराबरका वस्तु निर्यात गरेको छ । वीरगञ्ज भन्सार प्रमुख दीपक लामिछानेका अनुसार यहाँबाट सिन्थेटिक यार्न, भटमासको तेल, पिना, ऊनी गलैँचालगायत उत्पादन निर्यात भएको छ ।

सुक्खा बन्दरगाहबाट एक अर्ब ५१ करोड बराबरका सामान निर्यात भएका छन् । यसैबीच, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले सोही अवधिमा १२ अर्ब ३५ करोड ३९ लाख १४ हजार बराबरका वस्तु निर्यात गरेको जनाएको छ ।

Advertisment

थप समाचार