काठमाडौं : हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार कम्पनीले यस अवधिमा चार करोड ४६ लाख ७९ हजार रुपैयाँ खुद खुद नाफा कमाएको छ ।
उक्त नाफा गत वर्षको सोही अवधिको तुलनामा ९१०.१५ प्रतिशतले बढी हो । गत वर्षको पहिलो त्रैमाससम्ममा कम्पनीले ४४ लाख २३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
समिक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानीसँगै कुल आम्दानी बढेका कारण नाफा बढेको हो । गत वर्षको सोही अवधिमा ७६ लाख ६४ हजार रुपैयाँ रहेको कम्पनीको सञ्चालन आम्दानी ७१.७९ प्रतिशतले बढेर एक करोड एक लाख एक हजार रुपैयाँ पुगेको छ ।
असोज मसान्तसम्म आइपुग्दा कम्पनीको कुल आम्दानी १५.५५ प्रतिशतले बढेर एक करोड एक लाख ८५ हजार रुपैयाँ पुगेको छ । तथापी कम्पनीको अन्य आम्दानी ११ लाख ४९ हजार रुपैयाँबाट घटेर ८४ हजार रुपैयाँमा झरेको छ ।
कम्पनीको वित्तीय खर्च गत वर्षको ६९ लाख ९२ हजार रुपैयाँबाट बढेर यस वर्ष एक करोड आठ लाख ३४ हजार रुपैयाँ पुगेको छ ।
असोज मसान्तसम्म आइपुग्दा कम्पनीको नाफासँगै प्रतिशेयर आम्दानी पनि बढेको छ । गत वर्ष ०.५६ रुपैयाँ रहेको कम्पनीको प्रतिशेयर आम्दानी यस अवधिमा बढेर ५.६४ रुपैयाँ पुगेको छ ।
त्यस्तै प्रतिशेयर नेटवर्थ ७२.१२ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात ७२.७५ गुणा रहेको छ । यस अवधिमा एक अर्ब ५८ करोड ५५ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको रिटेन अर्निङ २३ करोड ४५ लाख १८ हजार रुपैयाँ सञ्चित रहेको छ ।