Below Menu
Below Menu

‘अर्थतन्त्रको गतिमा ब्रेक लाग्दा निजी क्षेत्र डगमगायो, ८० हजारबढी व्यवसायी कालोसूचीमा परे’ 

‘अर्थतन्त्रको गतिमा ब्रेक लाग्दा निजी क्षेत्र डगमगायो, ८० हजारबढी व्यवसायी कालोसूचीमा परे’ 

केही समयअघि बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकम (तरलता) अभाव थियो । विदेशी मुद्रा सञ्चिति घटेको थियो । पाँच महिनाको आयात धान्ने सञ्चिति हुने बित्तिकै सरकार डराएको थियो । नेपाल श्रीलंका जस्तै बन्ने भयो भन्नेहल्ला चल्यो । कोरोना महामारीको अर्थतन्त्र सयको गतिमा थियो । एक्कासी ब्रेक लाग्यो ।

अर्थतन्त्रको गतिमा एक्कासी ब्रेक लाग्दा निजी क्षेत्र डगमगायो । यसले शेयर बजार, घरजग्गाको कारोबारमा प्रत्यक्ष प्रभाव पार्यो । बैंकको ब्याजदर एक्कासी बढेर १५ प्रतिशतसम्म पुग्यो । चर्को ब्याजदरले उन्मुक्ति नपाएर व्यवसायीहरु छट्पटाइरहेका छन् । २ वर्षको अवधिमा मात्रै ८० हजारबढी व्यवसायीहरु कालोसूचीमा परेका छन् । अझै यो क्रम निरन्तर जारी छ । 

निर्माण व्यवसायीको भुक्तानीका लागि मंसिरसम्मको समय दिइएको थियो  । सरकारले भुक्तानी दिएको छैन । उनीहरु पनि कालोसूचीमा आउने प्रक्रियामा छन् । समयमा निर्माण व्यवसायीको भुक्तानी नहुँदा त्यसको असर सहकारीमा देखियो । सहकारी क्षेत्र समस्याग्रस्त भयो ।

सहकारी क्षेत्रमा समस्या आउने बित्तिकै साना मझौला व्यवसायीहरुले आफूले जम्मा गरेको बचत फिर्ता लिन पाएनन् । त्यसको प्रत्यष प्रभाव उत्पादन मुलक क्षेत्रमा पर्यो । उत्पादन मुलक क्षेत्र झण्डै वान थर्डको स्थितिमा गएको थियो । अहिले पनि ४५ प्रतिशतको हाराहारीमा चलिरहेका छन् ।

अर्थतन्त्रमा सबैभन्दा बढी योगदान दिने महत्वपूर्ण क्षेत्र लघु उद्यम व्यवसाय हो । लघु कर्जाको व्यवसाय पनि १३.६ प्रतिशतमा झरेको छ । अहिले बजारमा पैसा छैन । माग पनि छैन । जसले गर्दा दशैँ–तिहारमा मात्रै वर्षको झण्डै ४० प्रतिशत कारोबार हुने गथ्र्यो भने अहिले १५ प्रतिशतमा झरेको छ । बजारमा महंगी बढेको छ ।

आर्थिक गतिविधि कम हुने बित्तिकै सरकारले राजस्वका दरहरु बढायो । भन्सार वृद्धि भयो । करका दरहरु बढे । कारोबार मूल्यलाई पन्छाएर सामान आयात हुन थाले । महंगी बढेपछि चोरी पैठारी हुन थाल्यो । यसले निजी क्षेत्रको आर्थिक कारोबारमा नकारात्मक प्रभाव पारेको छ । 

अहिले पनि अर्थन्त्रमा कहिले कसैले नरुचाउने (स्टेक नेशन) साइकल बाट गुज्रिएका छौं । अर्थतन्त्रमा स्लो ग्रोथ छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नै ठूलो राजनीति दलहरुको सरकार बन्यो । निजी क्षेत्र पनि उत्साहित थियो ।

राष्ट्र बैंकले पनि चालु आर्थिक वर्षको मौद्रिक नीतिमा लचकता लिएको थियो । तर, त्यसले पूर्णता पाएको छैन । मौद्रिक नीति पनि कछुवाकै गतिमा छ । अर्थतन्त्रको सुधारका लागि चितुवाको गतिको नीतिहरु आवश्यक छ  । 

पाँच महिनामा कर्जा विस्तारको अवस्था ६.६ प्रतिशत छ । जबकी केन्द्रीय बैंकले मौद्रिक नीतिमा १२ प्रतिशतको कर्जा विस्तार हुने लक्ष्य राखेको छ । सरकारले ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखेको छ । ६ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्न १५ प्रतिशतको कर्जा विस्तार हुनुपर्छ । केही समयअघि विश्व बैंक र एसियाली डेभलपमेन्ट बैंक (एडीबी) ले पनि ४.९ प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ ।

कर्जा विस्तारको अवस्थाको अनुपातमा आर्थिक वृद्धिदर हुनुमा नेपालको पर्यटन क्षेत्रमा देखिएको सुधार हो । पर्यटन क्षेत्र सकारात्म दिशामा गएको छ भने जलविद्युत क्षेत्रको उपलब्धि पनि राम्रो देखिएको छ । विगतका अर्थतन्त्रका सबै क्षेत्रहरु राम्रो भएको भए पर्यटन र हाइड्रोलाई जोडेर झण्डै ८ प्रतिशतको आर्थिक वृद्धि हासिल हुन्थ्यो ।

तसर्थ निजी क्षेत्रको अवस्था उत्साहजनक छैन । त्यसको प्रत्यक्ष प्रभाव बैंकहरुको लगानीमा देखिएको छ । बैंकमा ७ खर्ब भन्दा बढी लगानीयोग्य रकम छ । एकल अंकको ब्याजदर भएपनि व्यवसायीले ऋण लिन सकेको छैन । आकर्षण पनि छैन । पहिला निजी क्षेत्रलाई नै आँट आउने सकेको छैन बैंकबाट ऋण लिएर कारोबार गर्न भने लगानी विस्तार कसरी हुन्छ ? 

हामीले अर्थतन्त्र सुधारका लागि धेरै सुझावहरु दिएका छौं । तत्काल सुधार ल्याउनका लागि चालु पूँजी कर्जा निदेर्शिका २०७८ लाई तुरुन्तै पारित गरेर उद्यमी व्यवसायी र बैंक तथा वित्तीय  संस्थाहरुको बीचमा वार्षिक विश्लेषण नगरी कर्जा लिन सक्यो भने नयाँ लगानीलाई प्रवद्र्धन गर्छ ।

हाम्रो जस्तो सानो मुलुकमा ८० हजार भन्दा बढी व्यापारी कालोसूचीमा पपरिसकेका छैन । त्यसको प्रत्यक्ष असर उद्यमी व्यवसायीलाई परेको छ । कालोसूचीबाट व्यवसायीले उन्मुक्ती पाए मात्र नयाँ लगानीको वातावरण बन्छ  । सरकारको ध्यान त्यता पुगेको छैन । 

पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुमा पनि समस्या देखिएको छ  । अस्ति मात्र कर्णाली डेभलपमेन्ट बैंक समस्याग्रस्त भयो । बैंकमा समस्या किन आयो भन्दा बैंकिङ क्षेत्रमा चचार ववटा स्टेक होल्डरल्सहरु हुन्छ । लगानीकर्ताले बैंक स्थापना गरे, निक्षेपकर्ताहरुले पैसा जम्मा गर्छन्, बैंक स्थापना गर्ने लगनीकर्ता भन्दा धेरै पैसा निक्षेपकर्ताहरुले जम्मा गर्छन् ।

त्यसलाइ परिचालन गर्ने कर्मचारीहरुले हो । पैसा मोबिलाइज हुने उद्यमी व्यवसायीलाई नै हो । पछि गएर उद्यमी व्यवसायीहरुले भुक्तानी गरेको ब्याज र किस्तालाई रोटेशनमा राखेर पहिला कर्मचारीलई तलब दिइन्छ । त्यसपछि निक्षेपकर्ताको ब्याज दिइन्छ । एकतिहाई राजस्व सरकारलाई बुझाउँछ । त्त्यसपछि लाभांश बाँडेका हुन्छन् । यसरी बैंकिङ चक्र चलेको हुन्छ । 

यसरी हेर्दा बैंकहरुको मुहान उद्यमी व्यवसायी हो । आज उद्यमी व्यवसायीहरु यसरी मुहान नै क्षतिग्रस्त भएको बेला भोलि बैंक तथा वित्तीय संस्थाको के अवस्था हुन्छ भनेर हामी कल्पना पनि गर्न सक्दैनौं । तसर्थ हरेक क्षेत्रबाट हेर्दा सबैभन्दा पहिला निजी क्षेत्रले आर्थिक मन्दीबाट उन्मुक्ति पाउनुपर्छ । त्यसका लागि सरकारले छिटो भन्दा छिटो नीतिगत निर्णयहरु गर्नुपर्छ । निजी क्षेत्रको आवाजजलार्य सरकारले गम्भिरता पूर्वक लिएको छैन । 

आर्थिक गतिविधि विस्तार हुन सक्यो भने त्यसको प्रत्यक्ष प्रभाव हरेक सेक्टरमा पर्छ । अहिले कुनै पनि हालतमा आर्थिक गतिविधि अघि बढ्न सकेको छैन । सरकारले आर्थिक सुधार आयोग गठन गरेको छ । त्यसमा निजी क्षेत्रको पनि संलग्नता रहेको छ । यो सबै प्रक्रियागत रुपमा अघि बढ्नुपर्छ । 

बाह्य क्षेत्रमा देखिएको सुधारले मात्र हुँदैन । रेमिट्यान्समा सरकार रमाइरहेको छ । अहिले २२ खर्ब भन्दाबढी विदेशी विनिमय सञ्चिति थुप्रिएको छ । यसको परिचालन हुन सकेको छैन । विदेशी मुद्रा सञ्चितिलाई उत्पादन मुलक क्षेत्रमा लगानी गर्न सकेको छैन । आयातमा प्रयोग गरेर झण्डै ३५ प्रतिशत राजस्व (भन्सार, भ्याट, आयकर र अन्तशुल्क) उठाएर सरकार चलेको छ ।

यदि कोरोन महामारी जस्तै अर्को अस्था सिर्जना भयो भने वैदेशिक रोजगारीमा गएको युवाहरुको ठाउँमा भूराजनीतिको अवस्था सिर्जना भएर उनीहरु नेपाल फर्किनु पर्यो भने देशको हालत के हुन्छ । राष्ट्र बैंकमा फेरी आयातमा प्रतिबन्ध लगाउने अवस्था आयो भने हाम्रो अवस्था कहाँ जान्छ ? नेपालमा कसरी दीर्घकालिन लगानी हुनुसक्छ ? हामीले हाम्रो आत्मनिर्भर अर्थतन्त्रको विकास कसरी गर्ने ? हामीसँग विकल्पै छैन।

यसका लागि हामीले प्राकृतिक स्रोत र साधनहरुलाई कसरी उपभाृग गर्न यसका लागि दीर्घकालिन नीति बनाउनु पर्छ । उत्पादनमुलक अर्थतन्त्रले आयात जस्तो राजस्व दिँदैन सरकारलाई । सरकारले अनुदानलाई प्राथमिकता दिनुपर्छ । (नाफिज कार्यसमितिसँगको भेटघाटमा नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेश अग्रवालले राखेको विचार) 
 

Advertisment

थप समाचार