काठमाडौं : नेपाली बजारमा शुक्रबार (आज) सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले बढेर १ लाख ५३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुन प्रतितोला १ लाख ५१ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
साथै, चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा २० रुपैयाँले बढेर तोलामा १८ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।
Advertisment