Below Menu
Below Menu

देशभर ‘एक्सचेन्ज फेस्ट’ गर्दै बीवाइडी, पुराना गाडीसँग ब्रान्ड न्यू ईभी साट्न सकिने

देशभर ‘एक्सचेन्ज फेस्ट’ गर्दै बीवाइडी, पुराना गाडीसँग ब्रान्ड न्यू ईभी साट्न सकिने

काठमाडौं : बीवाइडी गाडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले माघ ९ देखि १३ गतेसम्म  ‘एक्सचेन्ज फेस्ट’ गर्ने भएको छ।

‘एक्सचेन्ज फेस्ट’ काठमाडौं उपत्यकाका पाँच स्थानसहित बुटवल, भैरहवा, इटहरी, बिर्तामोड, जनकपुर, वीरगंज, पोखरा, बनेपा, नेपालगन्ज र नारायणघाटमा हुने कम्पनीले जनाएको छ।

फेस्ट (मेला)मा ग्राहकले आफूसँग भएको जुनसुकै ब्रान्डको पुरानो गाडी बीवाइडीको एटो ३, डल्फिन र एम ६  ‘ब्रान्ड न्यू’ इभीसँग साट्न सकिने कम्पनीले जनाएको छ।

पाँच दिनसम्म चल्ने मेलामा ग्राहकहरुले उत्कृष्ट मूल्यांकनको साथै एक्सचेन्ज बोनस, लोयल्टी बोनस, निःशुल्क प्रिमियम एसेसोरिज र निःशुल्क चार्जर जडानको सुविधा पाउनेछन्।

बीवाइडी नेपाली बजारमा सर्वाधिक बिक्री हुने ईभी ब्रान्ड हो ।

Advertisment

थप समाचार