Below Menu

शेयर बजारमा सामान्य सुधार, ११ अर्ब ८७ करोडको कारोबार 

शेयर बजारमा सामान्य सुधार, ११ अर्ब ८७ करोडको कारोबार 

काठमाडौं : साताको दोस्रो कारोबार दिन सोमबार (आज) शेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक २.४१ अंकले बढेर २७३०.०० बिन्दुमा पुगेको हो । आइतबार नेप्से ६९.८० अंकले बढेर २७२७.५८ बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका ९७ कम्पनीको शेयरमूल्य बढेको छ । भने १३७ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज आठ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

शेयर बजार बढेपनि कारोबार रकममा पनि गिरावट देखिएको छ । आज बजारमा ११ अर्ब ८७ करोड ५९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार नेप्सेमा १२ अर्ब ९५ करोड ५७ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ३५ करोड ३० लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक मूल्य बढ्नेमा उपकार लघुवित्त वित्तीय संस्था र भूगोल इनर्जि डेभलपमेन्ट कम्पनी रहेका छन् । आज यस कम्पनीको शेयरमूल्यमा सर्किट लागेको हो । आज ग्रिन डेभलपमेन्ट बैंक र रिभर फल हाइड्रोपावरको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ । 

Sponsored Advertisment