Below Menu
Below Menu

शिक्षक नियुक्तिमा अनियमितता: नौ जनाविरुद्ध अख्तियारको मुद्दा, पौने नौ लाख बिगो माग  

शिक्षक नियुक्तिमा अनियमितता: नौ जनाविरुद्ध अख्तियारको मुद्दा, पौने नौ लाख बिगो माग  

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शिक्षक नियुक्तिमा अनियमितता गरेको अभियोगमा गुल्मीको कालिगण्डकी गाउँपालिका–१ स्थित देउराली माध्यामिक विद्यालयका तत्कालीन व्यवस्थापन समितिका अध्यक्षसहित ९ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

आयोगले सोमबार विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष नगेन्द्रप्रसाद सापकोटासमेत ९ जनाविरुद्ध जनही पौने नौ लाख रुपैयाँको बिगो दाबीसहित सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । 

विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेतको मिलेमतोमा माध्यामिक तहको अङ्ग्रेजी, गणित वा विज्ञान विषयको शिक्षण सिकाई अनुदान कार्यक्रम अन्तर्गतको रिक्त शिक्षक पदमा नियुक्ति गर्ने प्रयोजनको लागि आएको शिक्षण सिकाई अनुदानको रकम देउराली माध्यामिक विद्यालयले “प्रचलित ऐन तथा नियमावलीमा उल्लेख भए अनुसारको विधि तथा प्रक्रियाको आधारमा नियुक्ति गर्नुपर्ने” मा शिक्षक छनौटको कुनै कानूनी प्रक्रिया पूरा नगरी बेपत्ता रहेको भनिएको व्यक्तिको शैक्षिक प्रमाणपत्र दुरुपयोग गरी नियुक्ति दिने कार्य गरेको आयोगको भनाई छ । 

आयोगका सहसचिव एवं प्रवक्ता नरहरी घिमिरेका अनुसार ती व्यक्तिको नाममा  नक्कली कागजात बनाई नियुक्ति पत्र, हाजिरी भएको पत्र, हाजिरी विवरण बनाई हाजिरी प्रमाणित गरी कालिगण्डकी गाउँपालिका, गुल्मीमा पेश गरी गैरकानूनी रुपमा विद्यालयमा अनुपस्थित शिक्षकको नाममा पारिश्रमिक रकम निकासा गराई बार्षिक एकमुष्ठ तलब बुझेको झुट्टा फर्जी लिखत तथा भरपाई बनाई लेखापरीक्षणसमेत गरी दुरुपयोग गर्ने बदनियतपूर्ण मनसायले कार्य गरी लाभ लिएको देखिएको हो । 

उक्त कार्यमा संलग्न उक्त कार्यमा संलग्न अध्यक्ष सापकोटासहित विद्यालयका तत्कालीन प्रधानाध्यापक मित्रलाल पाण्डे, विद्यालय कर्मचारी सहायक लेखापाल प्रेमनारायण पाण्डेयलाई आयोगले जनही ८ लाख ८७ हजार ८८० रूपैयाँ बिगो दाबीसहित मुद्दा दायर गरिएको हो ।

त्यस्तै आयोगले विद्यालय व्यवस्थापन समितिका तत्कालीन सदस्य वेदबहादुरराना मगर, लक्ष्मीभण्डारी, पदमपानी पाण्डे, सरस्वती पाण्डे, ईश्वरा दर्लामी र बलबहादुर न्यौपानेलाई समेत जनही ८ लाख ८७ हजार ८८० रूपैयाँ बिगो माग दाबीसहित मुद्दा दायर गरिएको छ ।

Advertisment

थप समाचार