Below Menu

दोहोरो अंकले घट्यो शेयर बजार, निरन्तर खुम्चिँदै कारोबार 

दोहोरो अंकले घट्यो शेयर बजार, निरन्तर खुम्चिँदै कारोबार 

काठमाडौं : साताको तेस्रो कारोबार दिन मंगलबार (आज) शेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १४.०८ अंकले घटेर २७१५.९१ बिन्दुमा पुगेको हो । सोमबार नेप्से २.४१ अंकले बढेर २७३०.०० बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका ७१ कम्पनीको शेयरमूल्य बढेको छ । भने १६२ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज नौ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

शेयर बजार बढेपनि कारोबार रकममा पनि गिरावट देखिएको छ । आज बजारमा आठ अर्ब ९१ करोड ९६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार नेप्सेमा ११ अर्ब ८७ करोड ५९ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ३० करोड ८७ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक मूल्य बढ्नेमा जोशी हाइड्रोपावर कम्पनी रहेको छ । आज यस कम्पनीको शेयरमूल्यमा सर्किट लागेको हो । आज कर्पोरेट डेभलपमेन्ट बैंक,ग्रिन डेभलपमेन्ट बैंक सिन्धु विकास बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ । 
 

Sponsored Advertisment