Below Menu
Below Menu

शेयर बजारमा सामान्य गिरावट, आठ अर्ब ९५ करोडको कारोबार  

शेयर बजारमा सामान्य गिरावट, आठ अर्ब ९५ करोडको कारोबार  

काठमाडौं : साताको चौथो कारोबार दिन बुधबार (आज) शेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ४.४५ अंकले घटेर २७११.४५ बिन्दुमा पुगेको हो । मंगलबार नेप्से १४.०८ अंकले घटेर २७१५.९१ बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका ११३ कम्पनीको शेयरमूल्य बढेको छ । भने १२२ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज सात कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

शेयर बजार घटेपनि कारोबार रकममा भने सुधार देखिएको छ । आज बजारमा आठ अर्ब ९५ करोड ८० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार नेप्सेमा आठ अर्ब ९१ करोड ९६ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज नेपाल रि इन्स्योरेन्स कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ३३ करोड ७६ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक मूल्य बढ्नेमा उपकार लघुवित्त व्त्तिीय संस्था र छ्याङदी हाइड्रोपावर कम्पनी रहेका छन् । आज यस कम्पनीको शेयरमूल्यमा सर्किट लागेको हो । आज सामुदायिक लघुवित्त वित्तीय संस्था र कर्पोरेट  डेभलपमेन्ट बैंकको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ । 
 

Advertisment