काठमाडौं : बसुन्धरामा प्रधान कार्यालय रहेको रोयल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले कृषि फार्म सञ्चालन गर्ने भएको छ।
संस्थाले मंगलबार सूचना जारी गर्दै बुढानीलकण्ठ, टोखा, तारकेश्वर, दक्षिणकाली नगरपालिका क्षेत्रभित्र न्यूनतम २० रोपनीसम्म जग्गामा फैलिएको कृषि फार्म भाडामा दिने निर्णय संस्थाले गरेको छ ।
सञ्चालन वा बन्द रहेका कृषि फार्म भाडामा दिन चाहने व्यक्ति/फर्म तथा कम्पनीहरुले जग्गाको लालपुर्जाको कपी, फिल्ड नक्सा तथा जग्गाको भाडा मूल्य तोकी ७ दिन भित्र संस्थामा निवेदन दिन सकिने संस्थाले जनाएको छ।
संस्थाको प्रधान कार्यालय वा सेवा केन्द्ररुमा सम्पर्क राखी निवेदन पेश गर्न सकिने संस्थाले जनाएको छ । साथै ९८०२२६०७०४, ९८०२२६०७२८, ९८०२२६०७४७ मा सम्पर्क गरी थप जानकारी लिन सकिने संस्थाद्वारा जारी सूचनामा भनिएको छ।
Advertisment