काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज नेप्सेले समता घरेलु लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य समायोजन गरेको छ । संस्थाले लाभांश वितरण प्रयोजनका लागि आज बुक क्लोज गरेसँगै नेप्सेले अन्तिम कारोबारका आधारमा मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।
नेप्सेका अनुसार कम्पनीको ५ प्रतिशत बोनपछिको शेयरमूल्य ८७६ दशमलव १९ रुपैयाँमा समायोजान भएको छ । कम्पनीको अन्तिम कारोबार ९२० रुपैयाँमा भएको थियो ।
Advertisment