काठमाडौं : नेपाल धितोपत्र बोर्डले मर्चेन्ट बैंकर व्यवसायको लाइसेन्स खुला गरेको छ । बोर्डले एक सूचना जारी गर्दै मर्चेन्ट बैंकिङ्ग व्यवसाय अन्तर्गतको निष्कासन तथा बिक्री प्रबन्धक र शेयर रजिष्ट्रेशन सेवा सञ्चालन गर्ने मर्चेन्ट बैंकर व्यवसायको अनुमतिपत्र प्रदान गर्ने कार्य पुनः सुचारु गरिएको जनाएको हो ।
जारी सूचनामा भनिएको छ, ‘धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) नियमावली, २०६७ बमोजिम मर्चेन्ट बैंकिङ्ग व्यवसाय अन्तर्गतको निष्कासन तथा बिक्री प्रबन्धक र शेयर रजिष्ट्रेशन सेवा सञ्चालन गर्ने मर्चेन्ट बैंकर व्यवसायको अनुमतिपत्र प्रदान गर्ने कार्य बोर्डको २०७५ साउनन ८ गतेकाे निर्णयानुसार हालसम्म स्थगित रहेकोमा उक्त अनुमतिपत्र प्रदान गर्ने कार्य पुनः सुचारु गरिएको छ ।’
साथै नियमावली बमोजिमको अनुमतिपत्र प्राप्त संस्थाले सार्वजनिक निष्कासन गर्न चाहेमा नियमावली बमोजिमको व्यवसाय सञ्चालन गरेको दश वर्ष पूरा गरिसकेको तथा कम्तीमा एक अर्ब चुक्ता पुँजी कायम रहेको भए तीस प्रतिशत भन्दा कम नहुने गरी नियमानुसार धितोपत्र सार्वजनिक निष्कासन गर्न सक्ने व्यवस्था समेत भएको बोर्डले जनाएको छ । ।
Advertisment