काठमाडौं : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सञ्चालक र ऋणीको सम्पत्ति लिलाम गरी बचतकर्ताको बचत फिर्ता गराउने प्रक्रिया सुरु गरेको छ।
कार्यालयले लुनिभा बहुउद्देश्यीय सहकारीका अध्यक्ष, सञ्चालक र ऋणी सदस्यको सम्पत्ति लिलामीका लागि ३५ दिने सूचना प्रकाशन गरेको छ ।
२०७६ सालमा समस्याग्रस्त घोषणा गरिएको काठमाडौँको कमलाक्षीस्थित उक्त सहकारीको सम्पत्ति तथा दायित्व व्यवस्थापन गर्ने जिम्मा समितिलाई गएको थियो ।
संस्थाका ऋणी सदस्य एवं सञ्चालकबाट संस्थालाई बुझाउनु पर्ने साँवा, ब्याज, हर्जना, जरिवाना तिर्न बुझाउन पत्राचार एवं पत्रपत्रिकामा सूचना प्रकाशित गर्दा समेत नआएको भन्दै उनीरुको सम्पत्ति लिलामी थालिएको हो । यसअघि यस्तो सम्पत्ति रोक्का मात्रै गरिएको थियो ।
संस्थाका अध्यक्ष मीनकृष्ण श्रेष्ठको नाममा रहेको सिन्धुपाल्चोक बाह्रबीसे ७ मा रहेको करिब साढे ६ रोपनी जग्गा, सञ्चालक समितिका सनलम्बित सदस्य राजेशरत्न शाक्यको १० धुर जग्गा र ऋणी सदस्य बलराम भुजेलको धादिङ गजुरीमा रहेको १ रोपनी जग्गा लिलामी गर्न लागेकाे हाे ।
_UGVhy1Q9Jb.jpg)
_UGVhy1Q9Jb - Copy.jpg)
Advertisment