Below Menu
Below Menu

नेप्से परिसूचक २६ सय बिन्दुमा, कारोबार नौ अर्ब २४ करोडमाथि

नेप्से परिसूचक २६ सय बिन्दुमा, कारोबार नौ अर्ब २४ करोडमाथि

काठमाडौं : साताको अन्तिम कारोबार दिन बिहिबार (आज) शेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ११.६४ अंकले घटेर २६९९.८१ बिन्दुमा पुगेको हो । बुधबार नेप्से ४.४५ अंकले घटेर २७११.४५ बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका ७४ कम्पनीको शेयरमूल्य बढेको छ । भने १६० कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज नौ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

शेयर बजार घटेपनि कारोबार रकममा भने सुधार देखिएको छ । आज बजारमा नौ अर्ब २४ करोड ७३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार नेप्सेमा आठ अर्ब ९५ करोड ८० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज साहस उर्जा कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ३१ करोड ३५ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक मूल्य बढ्नेमा अपर लोहोरे खोला हाइड्रोपावर कम्पनी रहेको छ । आज यस कम्पनीको शेयरमूल्यमा सर्किट लागेको हो । आज उपकार लघुवित्त वित्तीय संस्था र कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ । 
 

Advertisment

थप समाचार