Below Menu
Below Menu

ग्याँस प्रयोगको सुरक्षासम्बन्धी जनचेतना प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्ने माग

ग्याँस प्रयोगको सुरक्षासम्बन्धी जनचेतना प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्ने माग

काठमाडौं : नेपाल एल.पी ग्याँस उद्योग संघले नेपाल सरकारले ग्याँस प्रयोगको सुरक्षासम्बन्धी जनचेतना कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्ने माग राखेको छ ।

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै उद्योग संघले जनचेतना कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्न, एल. पी. ग्याँस दुर्घटना रोक्न, कमसल पाइप तथा रेगुलेटर प्रयोगमा कडाइ गर्न र सुरक्षासम्बन्धी नियम पालना गराउन कानुनी व्यवस्था लागू गरिनुपर्ने माग गरेको हो । 

साथै, २०७० सालमा सरकार र संघबीच भएको ७५%–२५% कार्यविधिलाई तत्काल लागू गरिनु पर्ने, एल. पि. ग्याँसका उपभोक्ताहरुले ग्याँस उपभोग गर्दा अपनाउनु पर्ने सावधानी, प्रयोग गर्ने विधी बारे जनचेतना कार्यक्रम प्रचार प्रसारको लागि राज्यले घटीमा आयातको १ प्रतिशत छुट्याउनुपर्ने पनि माग राखेका छन् ।

Advertisment

थप समाचार