Below Menu
Below Menu

निर्माण व्यवसायीको ३० अर्ब भुक्तानी गर्यौ, पूर्वाधार निर्माणका काम द्रूत गतिमा अघि बढ्छन्’ 

निर्माण व्यवसायीको ३० अर्ब भुक्तानी गर्यौ, पूर्वाधार निर्माणका काम द्रूत गतिमा अघि बढ्छन्’ 

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले विकास–निर्माणका परियोजना पूरा गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गरेका छन् । साथै उनले तिनलाई निर्धारित समयमा सम्पन्न गर्नु सरकारको प्राथमिकता भएको बताएका छन् । 

सामाजिक सञ्जाल फेसबुकमा ‘बन्दैछ नेपाल’ शीर्षकमा सडक निर्माण भइरहेको भिडियो राखेर उनले  विकास निर्माण र आयोजनाहरुको प्रगतिका बारेमा आज सातवटै प्रदेशका मुख्यमन्त्रीहरुसँग ‘एक्सन रुम’बाट छलफल गर्न लागेको उल्लेख गरेका छन् । प्रधानमन्त्री ओलीले निर्माण व्यवसायीलाई रु ३० अर्ब भुक्तानी गरिएको जानकारी पनि दिएका छन् । 

“शुभ बिहानी ! हाम्रा विकास निर्माण र आयोजनाहरुको प्रगतिका बारेमा सातवटै प्रदेशका मुख्यमन्त्रीहरुसँग एकसन रुमबाट आज छलफल हुँदै छ । हाम्रो प्राथमिकता छ – थालेको काम सक्ने । विकास परियोजना सम्पन्न गरेका ठेकेदारलाई भुक्तानी समेत नदिएको विगतको अवस्थाबाट अगाडि बढेर ३० अर्ब बक्यौता भुक्तानी गरेका छौँ, ” प्रधानमन्त्रीले लेखेका छन्, “पूर्वाधार निर्माण सम्बन्धी रोकिएका धेरै काम द्रूत गतिमा अगाडि बढेका छन् ।” 

Advertisment

थप समाचार