काठमाडौं : एस.के. इनर्जी डेभलपमेन्ट लिमिटेडले सर्वसाधारणमा प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ ।
कम्पनीले प्रति शेयर १०० रुपैयाँ अंकित मुल्यमा २० करोड ८० लाख रुपैयाँ बराबरको २० लाख ८० हजार कित्ता शेयर निष्कासन गर्न लागेको हो ।
कम्पनीले साधारण शेयर सर्वसाधारणमा जारी गर्नका लागि सानिमा क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्रि प्रबन्धकको रुपमा नियुक्त गरेको छ ।
उक्त क्रममा एस.के. इनर्जी डेभलपमेन्ट लिमिटेडका तर्फबाट अध्यक्ष वीर बहादुर राई र सानिमा क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भिष्म राज चालिसेले सम्झौता पत्रमा हस्ताक्षर गरे।
एस.के. इनर्जी डेभलपमेन्ट लिमिटेडले भोजपुर जिल्लाको षडानन्द नगरपालिका भएर बग्ने श्याम खोलाको पानीको बहाव सदुपयोग गरी ७.२ मे.वा. क्षमताको श्याम खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।
Advertisment