Below Menu
Below Menu

ङादी ग्रुप पावरको शतप्रतिशत हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन 

ङादी ग्रुप पावरको शतप्रतिशत हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन 

काठमाडौं : ङादी ग्रुप पावर लिमिटेडको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले पुुस २३ गतेदेखि निष्कासनमा ल्याएको शतप्रतिशत हकप्रदनमा लागनीकर्ताले आजसम्म आवे न दिन सक्नेछन् । 

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा एक अर्ब ८५ करोड १२ लाख ७९ हजार २२२ रुपैयाँ ५० पैसा बराबरको एक करोड ८५ लाख १२ हजार ७१२ दशलमव २२५ कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो । 

कम्पनीले हाल कायम चुक्ता पूँजीको शतप्रतिशत अर्थात १ बराबर १ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो। हकप्रद शेयर निष्काशन प्रयोजनका लागि कम्पनीले मंसिर १८ गते बुकक्लोज गरेको थियो । जसअनुसार १७ गतेसम्म कायम शेयरधनीहरुले सो हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन्।

हाइड्रोपावरको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ।

लगानीकर्ताले बिक्री प्रबन्धकका साथै सिद्धार्थ बैंकको विराटनगर, विरगञ्ज, नारायणघाट, पोखरा, बुटवल, नेपालगञ्ज, धनगढी र सुर्खेत शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। त्यस्तै, नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि आस्वा प्रणालीमार्फत पनि आवेदन दिन सक्नेछन्।

हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब ८५ करोड १२ लाख ७९ हजार २२२ रुपैयाँ ५० पैसा रहेको छ। हकप्रद निष्काशन तथा बाँडफाँटपछि कम्पनीको चुक्ता पूँजी ३ अर्ब ७० करोड २५ लाख ५८ हजार ४४५ रुपैयाँ पुग्नेछ।

Advertisment