काठमाडौं : विशाल बजार कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको माघ २८ गते बसेको सञ्चालक समिति बैठकले (कर सहित) १४ प्रतिशत अन्तरिम नगद लाभांश दिने निर्णय गरेको हो ।
उक्त लाभांश प्रस्ताव पारित गर्न कम्पनीले फागुन २८ गते साधारण सभा पनि बोलाएको छ । सो सभा त्रिभुवन आर्मी अफिसर क्लब, सुन्धारा, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।
साथै, आर्थिक वर्ष २०७०/७१ देखि २०७५/७६ सम्मको वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल गर्ने चालु आवका लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने र लाभांश पारित गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।
साधारणसभा प्रयोजनका लागि कम्पनीले फागुन ९ गते बुक क्लोज गर्ने भएको छ । जस अनुसार फागुन ८ गतेसम्म कायम शेयरधनीले कम्पनीको लाभांश प्राप्त गर्न सक्नेछन् ।
Advertisment