Below Menu
Below Menu

लाभांश पारित गर्न आइएमई लाइफ र हिमालयन एभरेष्ट इन्स्योरेन्सले बोलाए साधारणसभा 

लाभांश पारित गर्न आइएमई लाइफ र हिमालयन एभरेष्ट इन्स्योरेन्सले बोलाए साधारणसभा 

काठमाडौं : आइएमई लाइफ इन्स्योरेन्स र हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले साधारणसभा बोलाएका छन् । कम्पनीहरुले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न साधारण सभा बोलाएका हुन् । 

आईएमई लाइफले फागुन २५ गते, आइतबार, ८ औँ वार्षिक साधारण सभा बोलाएको छ । उक्त सभा दियो महल, धुम्बाराही, काठमाडौँमा बिहान ११ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको २१.०५२६४ प्रतिशतका दरले (करसहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । यसका ुसाथै सभाले चालु आवका लागि लेखापरीक्षक नियुक्त गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सामाजिक उत्तरदायित्व अन्तर्गत भएका खर्चहरु अनुमोदन गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि इन्स्योरेन्सले फागुन १५ गते बुकक्लोज गर्ने भएको छ। जसअनुसार फागुन १३ गतेसम्म कायम शेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा भाग लिन र इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

त्यस्तै लाभांश पारित गर्न हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले फागुन २७ गते, ३१ औँ वार्षिक साधारण सभा बोलाएको छ । उक्त सभा अनमोल ब्याङ्केट, शंखमुल, काठमाडौँमा बिहान ११ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको ८.७५ प्रतिशतका दरले कर सहितको नगद लाभांश वितरण गर्ने र चालु आवका लागि लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि इन्स्योरेन्सले फागुन १५ गते बुकक्लोज गर्ने भएको छ। जसअनुसार फागुन १३ गतेसम्म कायम शेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा भाग लिन र इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

Advertisment

थप समाचार