काठमाडौं : जीआई सोलार लिमिटेडले आईपीओ निष्कासनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा सर्वसाधारणमा प्राथमिक शेयर जारी गर्न बोर्डको अनुमति मागेको हो ।
कम्पनीले १३ करोड ६३ लाख ३६ हजार रुपैयाँ बराबरको १३ लाख ६३ हजार ३६० कित्ता शेयर जारी गर्न बोर्डमा निवेदन दिएको हो । कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा आरवीवी मर्चेन्ट लिमिटेड रहेको छ ।
Advertisment