Below Menu
Below Menu

दोहोरो अंकले सुधारियो शेयर बजार, नौ अर्ब ४७ करोडमाथिको कारोबार 

दोहोरो अंकले सुधारियो शेयर बजार, नौ अर्ब ४७ करोडमाथिको कारोबार 

काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार (आज) शेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १९.५६ अंकले बढेर २६९८.०३ बिन्दुमा पुगेको हो । बिहिबार नेप्से ७.२६ अंकले घटेर २६७८.४७ बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका १७६ कम्पनीको शेयरमूल्य बढेको छ । भने ६३ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज चार कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

शेयर बजार बढेसँगै कारोबार रकममा पनि सुधार देखिएको छ । आज बजारमा नौं अर्ब ४७ करोड तीन लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बिहिबार नेप्सेमा सात अर्ब ९२ करोड ७१ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ३३ करोड ५४ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक मूल्य बढ्नेमा वीन नेपाल लघुवित्त, गुराँस लघुवित्त वित्तीय संस्था, नेपाल फाइनान्स र जानकी फाइनान्स कम्पनी रहेका छन् । आज यस कम्पनीको शेयरमूल्यमा सर्किट लागेको हो । आज न्यादी हाइड्रोपावरको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ । 
 

Advertisment

थप समाचार