काठमाडौं : साताको दोस्रो कारोबार दिन सोमबार (आज) शेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक २९.८७ अंकले बढेर २७२७.९१ बिन्दुमा पुगेको हो । आइतबार नेप्से १९.५६ अंकले बढेर २६९८.०३ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका १६६ कम्पनीको शेयरमूल्य बढेको छ । भने ७४ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज चार कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार बढेसँगै कारोबार रकममा पनि सुधार देखिएको छ । आज बजारमा दश अर्ब ४ करोड ९६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार नेप्सेमा नौं अर्ब ४७ करोड तीन लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज नेपाल रिइन्स्योरेन्स कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ३२ करोड ६४ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा वीन नेपाल लघुवित्त, गुराँस लघुवित्त वित्तीय संस्था, कुथेली बुखारी स्मल हाइड्रोपावर, गार्डियन माइक्रो लाइफ, दिव्यश्वरी हाइड्रोपावर र एक्सेल डेभलपमेन्ट बैंक रहेका छन् । आज यस कम्पनीको शेयरमूल्यमा सर्किट लागेको हो । आज सप्तकोशी डेभलपेन्ट बैंकको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ ।
Advertisment