Below Menu
Below Menu

शेयर बजारको वृद्धि कायमै, कारोबार १० अर्ब ४३ करोडमाथि 

शेयर बजारको वृद्धि कायमै, कारोबार १० अर्ब ४३ करोडमाथि 

काठमाडौं : साताको तेस्रो कारोबार दिन मंगलबार (आज) शेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ११.९१ अंकले बढेर २७३९.८२ बिन्दुमा पुगेको हो । सोमबार नेप्से २९.८७ अंकले बढेर २७२७.९१ बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका ८७ कम्पनीको शेयरमूल्य बढेको छ । भने १४९ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज आठ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

शेयर बजार बढेसँगै कारोबार रकममा पनि सुधार देखिएको छ । आज बजारमा दश अर्ब ४३ करोड ७० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार नेप्सेमा दश अर्ब ४ करोड ९६ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज हिमालयन रिइन्स्योरेन्स कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ८२ करोड २ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक मूल्य बढ्नेमा वीन नेपाल लघुवित्त, गुराँस लघुवित्त वित्तीय संस्था इमर्जिङ नेपाल र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स रहेका छन् । आज यस कम्पनीको शेयरमूल्यमा सर्किट लागेको हो । आज सप्तकोशी डेभलपेन्ट बैंक र कुमारी डिबेञ्चरको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ । 
 

Advertisment

थप समाचार