Below Menu
Below Menu

विशाल बजार कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन 

विशाल बजार कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन 

काठमाडौं : विशाल बजार कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले साधारण सभा तथ लाभांश वितरण प्रयोजनका लागि भोली अर्थात फागुन ९ गते बुकक्लोज गर्दैछ।

जस अनुसार आजसम्म कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा भाग लिन र म्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

कम्पनीले फागुन २८ गते, बुधबार, वार्षिक साधारण सभा बोलाएको छ। उक्त सभा त्रिभुवन आर्मी अफिसर्स क्लब, सुन्धारा, काठमाडौँमा बिहान ११ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको १४ प्रतिशत अन्तरिम नगद लाभांश घोषणा गरी नेपाल सरकारलाई वितरण गरेको नगद लाभांश अनुमोदन गरी अर्थ मन्त्रालयको सहमति अनुसार अन्य शेयरधनीहरुलाई १४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्र्रस्ताव पारित गर्नेछ । 

यसका सभाले कम्पनीको पसलकवलसँगै शेयर गाभी स्वतः नविकरण हुने गरेको सम्झौता खारेज गर्ने, सञ्चालक राजेन्द्र कुमार वैद्यले दिएको राजिनामा अनुमोदन गर्ने र सर्वसाधारण शेयरधनीको तर्फबाट नयाँ सञ्चालक निर्वाचन गरी नियुक्त गर्ने र चालु आवका लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

Advertisment

थप समाचार