Below Menu
Below Menu

पौने १० खर्बको आयात हुँदा ४६ प्रतिशतले बढ्यो निर्यात, व्यापार घाटा साढे आठ खर्ब 

पौने १० खर्बको आयात हुँदा ४६ प्रतिशतले बढ्यो निर्यात, व्यापार घाटा साढे आठ खर्ब 

काठमाडौं : नेपालको वैदेशिक व्यापार सामान्य सुधार देखिएको छ । चालु आर्थिक वर्षको माघ मसान्तसम्मको तथ्यांक अनुसार आयात र निर्यात दुवै बढेको पाइएको हो ।

भन्सार विभागको तथ्यांक अनुसार यस अवधिमा आयात १०.०९ प्रतिशत र निर्यात ४६.५० प्रतिशतले बढेको छ । सात महिनामा नेपालले साढे आठ खर्ब रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको छ ।

विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार यस अवधिमा मुलुकले आठ खर्ब ६१ अर्ब ३८ करोड २८ लाख रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको हो ।

गत वर्षको तुलनामा व्यापार घाटा ६.२० प्रतिशतले बढेको छ । गत आवको सोही अवधिमा नेपालले आठ खर्ब ११ अर्ब ११ करोड २९ लाख रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको थियो ।

माघ मसातसम्म नेपालले ११ खर्ब १५ अर्ब ७९ करोड २५ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको छ । जबकी गत आवको सोही अवधिमा ९ खर्ब ८४ अर्ब ७७ करोड ४८ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको थियो ।

मुलुकले माघ मसान्तसम्म १५९ देशसँग वैदेशिक व्यापार गरेको छ । जसमा १२७ देशसँगको व्यापार घाटामा रहेको छ भने ३२ देशसँगको व्यापार नाफामा रहेको छ ।

नेपालले यस अवधिमा भारतसँग सबैभन्दा बढी व्यापारघाटा व्यहोरेको छ । यस अवधिमा भारतसँग ४ खर्ब ९८ अर्ब ३४ करोड ५० लाख रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको हो ।

भारतबाट नेपालले यस अवधिमा ५ खर्ब ९६ अर्ब ३५ करोड २६ लाख रुपैयाँ बरारको वस्तु तथा सेवा आयात गरेको छ भने ९८ अर्ब ७५ लाख रुपैयाँ बरारबरको सामान निर्यात गरेको छ ।

निर्यात ४६ प्रतिशतले बढ्यो

विभागका अनुसार यस अवधिमा आयात र निर्यात दुवैमा सुधार देखिएको । माघ मसान्तसम्म पौने १० खर्ब रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात भएको भने साव एक खर्बको वस्तु तथा सेवा निर्यात भएको छ ।

विभागका अनुसार यस अवधिमा नौ खर्ब ८८ अर्ब ५८ करोड ७७ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको हो । गत वर्षको सोही अवधिमा आठ खर्ब ९७ अर्ब ४३ करोड ३८ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको थियो ।

यस अवधिमा एक खर्ब २७ अर्ब २० करोड ४८ लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । गत वर्ष ८६ अर्ब ८३ करोड नौं लाख रुपैयाँ बराबरको वस्तु तथा सेवाको निर्यात भएको थियो । 
 

Advertisment

थप समाचार