काठमाडौं : साताको अन्तिम कारोबार दिन बिहिबार (आज) शेयर बजार झिनो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ३.१४ अंकले बढेर २७४३.७४ बिन्दुमा पुगेको हो । मंगलबार नेप्से ११.९१ अंकले बढेर २७३९.८२ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका ८१ कम्पनीको शेयरमूल्य बढेको छ । भने १५८ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज पाँच कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार बढेपनि कारोबार रकममा भने गिरावट देखिएको छ । आज बजारमा आठ अर्ब ६२ करोड ७६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार नेप्सेमा दश अर्ब ४३ करोड ७० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज नेपाल रिइन्स्योरेन्स कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ६५ करोड ६६ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स रहेको छ । आज यस कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । आज बाराही हाइड्रोपावर कम्पनीको शेयरमूल्य ८ प्रतिशतले घटेको छ ।
Advertisment