Below Menu
Below Menu

नेप्सेमा थपियो शिवम सिमेन्टसहित तीन कम्पनीको साढे ९४ लाख कित्ता बोनस शेयर 

नेप्सेमा थपियो शिवम सिमेन्टसहित तीन कम्पनीको साढे ९४ लाख कित्ता बोनस शेयर 

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा साढे ९४ लाख कित्ता बोनस शेयर सूचीकृत भएको छ । बिहिबार नेप्सेले शिवम सिमेन्ट्स, फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था र कृषि विकास बैंकको बोनस शेयर सूचीकृत गरेको हो । 

नेप्सेका अनुसार शिवम सिमेन्ट्सको ८.५५ प्रतिशत बोनसपछिको ४२ लाख ९८ हजार ८५ कित्ता र फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको ९ प्रतिशत बोनसपछिको ११ लाख १० हजार ४४४ दशलमव २१ कित्ता बोनस शेयर सूचीकृत भएको छ । 

त्यस्तै कृषि विकास बैंकको ३ प्रतिशत बोनसपछिको ४० लाख ३५ हजार ५०२ दशलमव २२३४ कित्ता शेयर सूचीकृत भएको नेप्सेले जनाएको छ । उक्त शेयर हितग्राहीको खातामा जम्मा भएपछि दोस्रो बजारमा कारोबारमा आउने छ ।
 

Advertisment

थप समाचार