Below Menu
Below Menu

सम्भावनाहरुलाई अवसरमा बदल्न आवश्यक छ: ढकाल

सम्भावनाहरुलाई अवसरमा बदल्न आवश्यक छ: ढकाल

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीका प्रसस्त सम्भावनाहरु रहेको भन्दै ती सम्भावनाहरुलाई अवसरमा बदल्नुपर्ने बताएका छन्।

बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको ७२औं स्थापना दिवसको अवसरमा आज बुटवलमा आयोजित कार्यकममा अध्यक्ष ढकालले यस्तो बताएका हुन्। नेपालमा केही छैन भन्ने गलत भाष्य स्थापित भएको उल्लेख गर्दै उनले त्यसलाई चिर्न आवश्यक रहेको बताए। 

उनले भने,‘नेपालमा प्राकृतिक स्रोत साधनको प्रचूर सम्भावना छ। हामीले यसलाई ‘क्यापिटलाईज’ गर्नु सक्नु पर्छ। यहाँ भएका स्रोत साधनमा आधारित भएर लगानी गर्ने हो भने उद्यमशिलता पनि विकास हुने र रोजगारी पनि प्रसस्त सिर्जना गर्न सकिन्छ।’

देशको आर्थिक विकासका लागि नीतिगत स्थिरता कायम गर्नुपर्नेमा अध्यक्ष ढकालको जोड छ। २०१० सालमा स्थापित बुटवल उद्योग वाणिज्य संघ पश्चिम नेपाल कै अग्रणी संस्था भएको उनले उल्लेख गरे। 

Advertisment

थप समाचार