काठमाडौं : फर्स्ट माइक्रोफाइनान्सले सवा दुई लाख कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयरधनीको नाममा रहेको २ लाख १७ हजार ७१४ कित्ता शेयर बिक्री खुला गरेको हो ।
उक्त शेयरमा संस्थाका विद्यमान संस्थापक शेयरधनीले मात्र आवेदन दिन सक्नेछन्ु । शेयर खरिद गर्न इन्छुक संस्थापकले फागुन ११ गतेदेखि ३५ दिनभित्र माइक्रोफाइनान्सको केन्द्रीय कार्यालय ज्ञानेश्वर काठमाडौंमा निवेदन दिनुपर्नेछ ।
कम्पनीको शेयरमूल्य प्रतिकित्ता न्यूनतम २८० रुपैयाँ तोकिएको छ । लगानीकर्ताmे सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।
तोकिएको समयमा संस्थापकबाट आवेदन नपरेमा प्रचलित कानुन बमोजिम सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने कम्पनीले जनाएको छ ।
Advertisment