Below Menu
Below Menu

२० लाख कित्ता सेयर बेच्दै लक्ष्मी स्टील्स, प्रतिकित्ता २६५ रुपैयाँ

२० लाख कित्ता सेयर बेच्दै लक्ष्मी स्टील्स, प्रतिकित्ता २६५ रुपैयाँ

काठमाडौं : लक्ष्मी स्टील्स लिमिटेडले २० लाख कित्ता सेयर बिक्रीमा राखेको छ। कम्पनीले प्रतिकित्ता २६५ रुपैयाँका दरले उक्त सेयर बिक्रीमा राखेको हो । कम्पनीले ५३ करोड रुपैयाँ बराबरको सेयर बिक्री गर्न लागेको हो ।

कम्पनीको गत माघ २८ गते बसेको संचालक समितिको बैठकले चुक्ता हुन बाँकी रहेको २० लाख कित्ता जगेडा सेयर बिक्री गर्न प्रस्ताव गरिएको थियो । उक्त सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरूले १५ दिनभित्र आवेदन दिनुपर्ने कम्पनीले जनाएको छ ।

यदि म्याद भित्र विद्यमान सेयरधनीहरूबाट आवेदन नपरेमा संस्थापकभन्दा बाहिरका व्यक्ती वा संगठीत संस्थालाई उक्त सेयर बिक्री गरिने लक्ष्मी स्टिल्सले जनाएको छ ।

Advertisment

थप समाचार