Below Menu
Below Menu

झिनो अंकले बढ्यो शेयर बजार, ११ अर्ब आठ करोडमा समेटियो कारोबार 

झिनो अंकले बढ्यो शेयर बजार, ११ अर्ब आठ करोडमा समेटियो कारोबार 

काठमाडौं : साताको दोस्रो कारोबार दिन सोमबार (आज) शेयर बजार झिनो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ३.३५ अंकले बढेर २७५८.७५ बिन्दुमा पुगेको हो । आइतबार नेप्से ११.६६ अंकले बढेर २७५५.४० बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका ९० कम्पनीको शेयरमूल्य बढेको छ । भने १४५ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज नौं कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

शेयर बजार बढेपनि कारोबार रकममा भने सामान्य गिरावट देखिएको छ । आज बजारमा ११ अर्ब ८ करोड ५४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार नेप्सेमा ११ अर्ब ५४ करोड ८३ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज हिमालयन रिइन्स्योरेन्स कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ८९ करोड ३५ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक मूल्य बढ्नेमा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स रहेको छ । आज यस कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । आज वीन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ । 
 

Advertisment

थप समाचार