काठमाडौं : सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । फागुन १२ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ९.२४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।
इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको १.२४ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि ८ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।
प्रस्तावित लाभांश नेपाल बीमा प्रधिकरणबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण गरिनेछ।
Advertisment