Below Menu
Below Menu

आइएमई लाइफ र हिमालयन एभरेष्ट इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम 

आइएमई लाइफ र हिमालयन एभरेष्ट इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम 

काठमाडौं : आइएमई लाइफ इन्स्योरेन्स कम्पनी र हिमालयन एभरेष्ट इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि यी दुई इन्स्योरेन्सले फागुन १५ गते अर्थात बिहीबार बुकक्लोज गर्दैछन्।

भोली फागुन १४ गते महाशिवरात्रीको सार्वजनिक बिदा परेका कारण आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा भाग लिन र कम्पनीले वितरण गर्ने लाभांश पाउनेछन् । 

आइएमई लाइफ इन्स्योरेन्सले फागुन २५ गते, आइतबार ८ औँ वार्षिक साधारण सभा बोलाएको छ। उक्त सभा दियो महल, धुम्बाराही, काठमाडौँमा बिहान ११ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको २१.०५२६४ प्रतिशतका दरले कर सहित नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने छ । यसका साथै सभाले चालस आवका लागि लेखापरीक्षक नियुक्त गर्ने प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सामाजिक उत्तरदायित्व अन्तर्गत भएका खर्चहरु अनुमोदन गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

त्यस्तै, हिमालयन एभरेष्ट इन्स्योरेन्सले फागुन २७ गते, ३१ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा अनमोल ब्याङ्केट, शंखमुल, काठमाडौँमा बिहान ११ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको ८.७५ प्रतिशतका दरले करसहित नगद लाभांश वितरण गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

Advertisment

थप समाचार