काठमाडौं : दोर्दी खोला जलविद्युत कम्पनीको हकप्रद शेयर सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। हकप्रद शेयर निष्काशन प्रयोजनका लागि दोर्दी खोला जलविद्युत कम्पनीले फागुन १५ गते अर्थात बिहीबार बुकक्लोज गर्दैछ ।
भोली फागुन १४ गते महाशिवरात्रीको सार्वजनिक बिदा परेका कारण आजसम्म कायम शेयरधनीहरुले दोर्दी खोला हाइड्रोपावरको हकप्रद शेयरमा आवेदन दिन पाउनेछन्।
कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका एक अर्ब ५ करोड ४२ लाख ६० हजार ४०० रुपैयाँ बराबरको एक करोड ५ लाख ४२ हजार ६०४ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ।
Advertisment