Below Menu
Below Menu

सहकारी र लघुवित्त पीडितलाई न्याय दिलाउन सरकारको ध्यानाकर्षण

सहकारी र लघुवित्त पीडितलाई न्याय दिलाउन सरकारको ध्यानाकर्षण

काठमाडौं : लघुवित्त पीडितलाई न्याय दिलाउन माग गरिएको छ । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसद शेरबहादुर कुँवरले लघुवित्त पीडित र सहकारी पीडितलाई न्याय दिलाउन कुनै ढिलाइ नगर्न सरकारसँग आग्रह गरे । 

सांसद कुँवरले कर्णाली विकास बैङ्कमा देखिएको बेथितिका कारण हजारौँ निक्षेपकर्ता समस्यामा परेको पाइएकाले तत्काल समस्या समाधान गर्न अनुरोध गरे । सेती लोकमार्ग विस्तारका क्रममा रूख कटान नहुँदा समस्या परेको भन्दै स्रोत सुनिश्चितताका लागि समेत उनले आग्रह गरे।

सांसद वीरेन्द्रप्रसाद महतोले सिराहाको मिर्चैयामा रहेको सिमेन्ट उद्योगका कारण वातावरण प्रदूषण हुँदा जनजीवन प्रभावित भएको, स्वास्थ्यमा समस्या देखिएको भए पनि उद्योगीले कुनै सुनुवाइ नगरेको बताए । उनले सिमेन्ट उद्योगका कारण देखिएको समस्या समाधान गर्न तत्काल पहल थाल्न सरकारको ध्यानाकर्षण गराए ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालले पार्टी सभापति रवि लामिछाने निर्दोष रहेको र राजनीतिक प्रतिशोध साधिएकामा असन्तुष्टि व्यक्त गर े ।

Advertisment

थप समाचार