Below Menu
Below Menu

लाभांश पारित गर्न नेष्डो समृद्ध लघुवित्तले बोलायो साधारणसभा, बुक क्लोज कहिले ? 

लाभांश पारित गर्न नेष्डो समृद्ध लघुवित्तले बोलायो साधारणसभा, बुक क्लोज कहिले ? 

काठमाडौं : नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले लाभांश प्रस्ताव पारित गर्न चैत १० गते वार्षिक साधारण सभा बोलाएको छ । उक्त सभा सभा, रोयल कुश्मा रिसोर्ट, कुश्मा पर्वतमा बिहान ११ः३० बजे सुरु हुनेछ । 

सभाले हाल कायम चुक्ता पुँजीको १४.७५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । 

यसका साथै सभाले बोनस शेयर बितरण पश्चात कम्पनीको चुक्ता पुँजी वृद्धि हुने भएकोले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, चालु आवका लागि लेखापरीक्षकको नियुक्ती गर्ने र गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाहलगायत विवरणमा छलफल गरी पारित गर्नेछ । 

साधारणसभा प्रयोजनका लागि कम्पनीले फागुन २८ गते बुक क्लोज गर्ने भएको छ । जसअनुसार फागुन २७ गतेसम्म कायम रहने शेयरधनीले मात्रा संस्थाको साधारण सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।


 

Advertisment

थप समाचार