काठमाडौं : युनाईटेड इदी मार्दी एण्ड आरबि हाइड्रोपावर लिमिटेडले चैत ११ गते, सोमबार १५ औँ वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश र हकप्रद निष्काशनको प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको हो।
उक्त सभा साृे दिन आभ्या क्लब, घारीपाटन–१७, पोखरा, कास्कीमा बिहान ११ बजे शुरु हुनेछ।
सभाले हाल कायम चुक्ता पूँजीको ४ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनका लागि ०.२११ प्रतिशत नगद लाभांश वितरण गर्ने तथा बोनस शेयर जारी भएपश्चात कायम चुक्ता पूँजीको १ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।
यसका साथै सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, हकप्रद शेयर निष्काशनसम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सञ्चालकहरुको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले फागुन २३ गते बुकक्लोज गर्ने भएको छ। जस अनुसार फागुन २२ गतेसम्म कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा भाग लिन र कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।
Advertisment